१२ बैशाख २०८१, बुधबार

सेतीदोभान पुल निर्माण प्राथमिकतामा रहने पूर्वमन्त्री भण्डारीको प्रतिबद्धता


शङ्कर भण्डारी फाइल फोटो

तनहुँ । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन् । जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए ।

“अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस्”, उम्मेदवार भण्डारीले भने, “के कति कारणले रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिएर काम अगाडि बढाउनेछु ।”

भिमाद नगरपालिका वडा नं ८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने उक्त पुलको निर्माण अगाडि नबढ्दा चिन्तित रहेका थानीय बासिन्दाले निकै सास्ती भोग्दै आएका छन् ।

त्यसैगरी अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने माग भिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरुले गरेका छन् । खैरेनीटार निवासी व्यवसायी वसन्ता श्रेष्ठले सेती दोभानको पुल निर्माण तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उक्त पुल निर्माण भए खैरेनीटारको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !