७ बैशाख २०८१, शुक्रबार

माधव नेपालको पार्टी खरानीको डल्लो भएकोले सुकेपछि फुट्छ : अध्यक्ष ओली


केपी शर्मा ओली कैलाली

कैलाली । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) खरानीको डल्लो भएकोले सुकेपछि फुट्ने टिप्पणी गरेका छन् ।

आज शनिबार कैलाली अत्तरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टी खरानीको डल्लो भएकोले त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन् ।

उनले आगामी निर्वाचनपछि माधव नेपालको पार्टी समाप्त हुने ठोकुवा गरेका हुन् । पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै नेपालको पार्टी आगामी निर्वाचनपछि सकिने दावी गरेका हुन् ।

उनले नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने बताए । ओलीले एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको कटाक्ष गरे ।

उनले माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएको बताए । उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !