७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता


विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज शनिबार बिहान स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरे ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन् ।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधनसमेत गरेकी थिइन् । साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी हिजो आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै कतार एयरवेजकै जहाजमार्फत आज शनिबार बिहान पौने ८ बजे काठमाडौँ आइपुगेकी हुन् । राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याल लगायत थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !