११ बैशाख २०८१, मंगलबार

राप्रपाको आजको आमसभालाई मनिषा कोइरालाले पनि सम्बोधन गर्ने


मनिषा कोइराला

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा आमसभा गर्दै छ । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार काठमाडौंको वसन्तपुरमा राप्रपाले उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको निर्वाचनको मिति नजिकिएसँगै प्रचार-प्रसारलाई तिव्रता दिएको राप्रपाले आज काठमाडौंमा गर्न लागेको आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम रहेको छ । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावीसभा गरिसकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !