४ बैशाख २०८१, मंगलबार

गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त


हरिशरण आचार्य

पोखरा । गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।

आगमी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोपमा उनलाई हटाउन लागिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । गोरखा क्षेत्र नम्वर २ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !