७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड चढेको हेलिकोप्टर सल्यानमा किन गरियो आकस्मिक अवतरण ?


प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ । बिहान सुर्खेतका लागि उडेको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण सल्यानको खलंगामा आकस्मिक अवतरण गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार मौसममा सुधार आएसँगै प्रचण्ड पुन: सुर्खेत उडेका छन् । मल्लकाअनुसार अध्यक्ष प्रचण्ड, नेपाली काङ्ग्रेसका उप सभापति पुर्णबहादुर खड्का र नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल जनसभालाई सम्बोधन गर्न सुर्खेतबाट जुम्ला खलंगा प्रस्थान गरेका छन् ।

प्रचण्ड कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत गएका हुन् । प्रचण्डले आज कर्णालीका तीन जिल्लाका चुनावीसभालाई आज सम्बोधन गर्दै छन् ।

कालीकोट, जुम्ला र हुम्लामा आयोजना हुने सत्तारूढ गठबन्धन दलले आयोजना गर्ने चुनावीसभामा अध्यक्ष दाहालसहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्डले हुम्लाको सर्केगाड, जुम्लाको खलंगा र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !