१२ बैशाख २०८१, बुधबार

निर्वाचनको मुखैमा ओलीले किन गरे नागढुङ्गा-नौबिसे सुरुङमार्गको अवलोकन ?


ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्माणाधीन नागढुङ्गा-नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन् ।

निर्वाचनको मुखैमा ओलीले किन नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन गरे ? भन्ने चासो बढ्नु स्वाभाविकै हो । ओलीले नागढुङ्गा-नौबिसे सुरुङमार्गको अवलोकन गर्नुभित्र ठूलो राजनीति अर्थ लुकेको छ ।

अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित सुरुङमार्गको नौविसे तर्फबाट निर्माण भइरहेको क्षेत्रको अवलोकन गर्न आज नागढुंगा पुगेका थिए । नौबीसे तर्फबाट निर्माण जारी रहेको सुरुङमार्गको अवलोकन गर्दै अध्यक्ष ओलीले यसको निर्माणमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन् ।

नेपाल सुरुङ युगमा प्रवेश गरिसकेको छ । नेपालमा सुरुङ युग भन्ने बित्तिकै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र उनको दोस्रो कार्यकालको सरकारलाई नेपालीले सम्झने गर्छन् । ओलीले आफ्नो दोस्रो कार्यकालमा नागढुंगा-नौबीसे सुरूङ मार्ग शिलान्यास गरेर नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको उद्घोष गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री ओलीले २०७६ कार्तिक ४ गते सोमबार नागढुंगा-सिस्नेखोला सुरुङमार्गको तामझामका साथ उद्घाटन गरेका थिए । उक्त सुरुङमार्गको रुपमा चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित कार्यक्रममा सुरुङमार्गको उद्घाटन गरिएको थियो ।

यद्यपि आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका इञ्जिनियर डिल्लीजङ्ग थापाले हेटौँडा नजिक चुरियामा निर्माण गरेको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ । दक्षिण एशियामै सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो ।

काठमाडौंको दहचोक-धादिङको सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ । यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटबाट दहचोकसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्की सडक बनाइने छ ।

२२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उक्त सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको आन्तरिक स्रोतबाट व्यहोरिने गरी सुरुङमार्ग निर्माणको काम थलिएको थियो । उक्त सुरुङ मार्ग करीब एक किलोमिटर निर्माण सकिन लागेकोले हालसम्म धादिङतर्फबाट साढे ८०० मिटर सुरुङ खनिएको बताइएको छ ।

गत कात्तिक १५ गते मंगलबार मात्र एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका थिए । गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताएका थिए ।

एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय बनाएर घोषणापत्र कार्तिक १५ गते मंगलबार ल्याएको छ ।

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेपछि कात्तिक १८ गते शुक्रबार मात्रै एमालेका अध्यक्ष ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको दार्चुलामा उद्घाटन गरिसकेका छन् ।

अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले विगतमा आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गर्दै आएका छन् ।

आज पनि एमाले अध्यक्ष ओलीले उक्त सुरुङमार्गको निरीक्षण गरी धादिङ खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनले बताउन भ्याए । ओलीले एमाले बाहेक अरुले विकासको काम गर्न नक्ने दावी गरे ।

अव ओली देश दौडाहामा निस्किन लागेकोले भाषण गर्दा आम नेपाली जनतासामू एमालेको सरकार बनाउनको लागि भोट गर्न आब्हान गर्ने क्रममा सुरुङ युगको बारेमा गर्जिंदै चर्चा गर्ने प्रवल सम्भावना रहेको छ । नेकपा एमालेले आसन्न निर्वाचनमा जनतासँग भोट माग्न एमालेले उक्त सुरुङमार्गलाई पनि मुख्य एजेण्डा बनाउने भएको हो ।

ओलीले अव ४० जिल्लाका ५४ वटा आमसभालाई सम्बोधन गर्दा आफ्नो तत्कालिन सरकारले नेपाललाई सुरुङ युगमा प्रवेश गराएको भनेर वकालत गर्ने छन् । यसरी एमाले अध्यक्ष ओलीले गरेको सुरुङमार्ग अवलोकनको अन्तर्य ठुलो राजनीतिक अर्थको रुपमा सहजै अनुमान गर्न सकिन्छ ।

ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन ओलीद्वारा नागढुङ्गा-नौबिसे सुरुङमार्ग अवलोकन

तस्वीर सौजन्य : राजन काफ्ले – केपी ओलीको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !