१२ बैशाख २०८१, बुधबार

विप्लवसहित तीन वामपन्थी दलद्वारा निर्वाचन बहिष्कारको घोषणा


विप्लव, ऋषि कट्टेल र आहुती

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहितका तीन वामपन्थी दलले आसन्न निर्वाचन बहिष्कारको घोषणा गरेका छन् । आज आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वामपन्थी दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन ।

विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी/बहिष्कारको निर्णय गर्दै उनीहरुले आफूहरुको आन्दोलनमा सक्रिय सहभागीता जनाउन आह्वान समेत गरेका छन् । यी दलहरुले निर्वाचन बहिष्कारका लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रर्दशन र कोणसभा समेत आयोजना गर्ने भएका छन् ।

उनीहरुले कार्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् । यी तीन दलले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !