७ बैशाख २०८१, शुक्रबार

जसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति मूख्य एजेण्डा (पूर्णपाठसहित)


जसपाको घोषणापत्र

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने मूख्य एजेण्डा अघि सारेको छ ।

आज शनिबार काठमाडौँको नयाँवानेश्वरस्थित एभरेष्ट होटेलमा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले प्रतिबद्धतापत्र नाम दिएको पार्टीको घोषणापत्रलाई सार्वजनिक गर्दै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरूपबारे व्यवस्था गर्नुपर्ने जानकारी दिएको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै जसपाले संसद् मातहत रहने गरी शक्तिशाली जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको हो । यस्तै जसपाले भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेकोे छ ।

जसपाले सबै तहका भ्रष्टाचार अन्त्यका लागि जनताको भावनानुसार जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने, सरकारको लगानीमा सञ्चालित विकासे योजना र कामको अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने, पारदर्शी शासन पद्धतिलाई अवलम्बन गर्दै सबै सरकारी कारोबारसँग सम्बन्धित सूचना इन्टरनेटको माध्यमबाट पाउने व्यवस्था गर्ने जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइने जसपाले जनाएको छ । गैरकानुनी तरिकाबाट आर्जित सम्पत्ति जफत गर्ने र सो सम्पत्ति भूमिहीन तथा आवासहीन र श्रमजीवी नागरिकहरुका लागि भूमि र आवासको व्यवस्थामा खर्च गरिने जसपाले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् जसपाले आज सार्वजनिक गरेको घोषणापत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !