१४ बैशाख २०८१, शुक्रबार

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता


प्रभुराम शर्मा र डिन रिचार्ड थम्पसन

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले भेट गरेका छन् । प्रधानसेनापति शर्मालाई भेट्न नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन सैनिक मुख्यालय जङ्गीअड्डामा पुगेका थिए ।

आज भएको भेटवार्तामा उनीरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !