१३ बैशाख २०८१, बिहिबार

२० हजार शब्दको एमालेको घोषणापत्रका २० ग्यारेन्टी


एमालेको घोषणापत्र

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल संकल्प बनाएर घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरेर डिजिटल्ली फिंगर प्रिन्टबाट पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेका हुन् । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको छ ।

एमालेको घोषणापत्रमा समृद्ध नेपाल, सुखी नेपाली बनाउन ग्यारेन्टी २० वटालाई ट्वान्टी ग्यारेन्टी भनिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको हो ।

ट्वान्टी ग्यारेन्टी : पाँच वर्ष -एमालेले गर्छ !

१. पहिलो सेसन : समृद्धि अधिवेशन
२. नागरिकलाई मात्र नागरिकता
३. हंगर नो : लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना: पुग्छ सवैको चाहना
६. कमाई : युवाको रोजाइ
७. पढाइ : भविष्यको जग बसाई
८. प्रेसर-सुगर : भइन्न बिरामी औषधी बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१०. फ्रि युनिट : ५० युनिट
११. खेतबारीम पानी : खाडीमा होइन स्वदेशमै जवानी
१२. दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सवैको बैंक खाता
१७. स्वस्थ महिनाबारी : १५ सय वर्षभरी
१८. फाइभ जी संचार : आइटीमा चमत्कार
१९. हामी सामाजिक : सभ्य नागरिक
२०. हाम्रो अर्थ : १०० खर्ब

ट्वान्टी ग्यारेन्टी : पाँच वर्ष -एमालेले गर्छ !

यी हुन् एमालेले गरेका २० ग्यारेन्टी :

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने

२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने

३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने

४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने

६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने

७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने

८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने

९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क

१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क

११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने

१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने

१३. ‘व्यवस्थित सहर : स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने

१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने

१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने

१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने

१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने

१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने

१९. ‘सभ्य समाज : मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने

२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने

एमालेले गरेका २० ग्यारेन्टी

एमालेले गरेका २० ग्यारेन्टी

एमालेले गरेका २० ग्यारेन्टी

एमालेले गरेका २० ग्यारेन्टी

एमालेले गरेका २० ग्यारेन्टी

एमालेले गरेका २० ग्यारेन्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !