११ बैशाख २०८१, मंगलबार

प्रविधिमा एमाले अगाडि : डिजिटल अनावरणबाट घोषणापत्र सार्वजनिक


घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ । आज यहाँ आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ । कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेका हुन् । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !