१२ श्रावण २०८१, शनिबार

कांग्रेसको घोषणापत्र सार्वजनिक : आफ्नै नेतृत्वमा अबको सरकार (पूर्णपाठसहित)


कांग्रेसको घोषणापत्र

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको घोषणापत्र आज शनिबार सार्वजनिक गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज शनिबार सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा घोषणापत्र सार्वजनिक गरेका हुन् । काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रको नाम संकल्पपत्र राखिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।

साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्र लगायतका विषयवस्तु समेटिएको छ । संकल्पपत्र तयारी समितिका संयोजक शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताए ।

कांग्रेसले नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) , नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सदस्यका लागि आगामी मंसिर ४ गते निर्वाचन हुँदैछ ।

यस्तो छ हेर्नुहोस् कांग्रेसले सार्वजनिक गरेको घोषणापत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !