८ मंसिर २०८१, शनिबार

माओवादीद्वारा देशभरका बागी उम्मेदवारसहित प्रस्तावक र समर्थक निष्कासन


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले देशभरका बागी उम्मेदवारसहित तिनका प्रस्तावक र समर्थकलाई समेत निष्कासन गरेको छ ।

माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा उठेका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाहीको निर्णय गर्दै पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीका पार्टी कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता उम्मेदवारलाई कारबाही गरिएको जानकारी दिएका हुन् ।

माओवादीले निर्धारित मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता सहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने पनि जनाएको छ ।

यस्तो छ हेर्नुस् माओवादी केन्द्रले निकालेको प्रेस विज्ञप्ति

माओवादी केन्द्रले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !