७ मंसिर २०८१, शुक्रबार

गठबन्धनको बैठक बस्दै : संयुक्त अपिल जारी गर्ने, वागीलाई कारवाहीको तयारी


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा गठबन्धनमा रहेका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने बताइएको छ । शीर्ष नेताहरुले संयुक्त अपीलमा गठबन्धनको औचित्य, आवश्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।

यसका साथै आजको बैठकमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने तयारी समेत गरेका छन् ।

प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !