१६ जेष्ठ २०८१, बुधबार

देउवा भन्छन्- कसैको पनि एकल बहुमत नआउने भएकोले गठबन्धन चाहियो


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कसैको पनि एकल बहुमत नआउने भएकोले गठबन्धन चाहिएको जिकिर गरेका छन् ।

काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कुनै पार्टीको पनि एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको बताएका हुन् ।

उनले कसैको बहुमत नआउने भएकोले गठबन्धनले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गरेको दावी पनि गरेका छन् । उनले गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको समेत बताएका छन् । देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !