८ मंसिर २०८१, शनिबार

कांग्रेसका बागीले आज १ बजेसम्म उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित गरिने


नेपाली कांग्रेस

गण्डकी । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने जनाएको छ ।

कांग्रेसले हिजो एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही आज असोज २६ गते अपराह्न १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको थियो ।

विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे-गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय आज (असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !