१२ आश्विन २०८१, शनिबार

यस्तो छ आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको कार्यतालिका


निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ता आज असोज २३ गते हुँदै छ । यसका लागि निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रत्यक्षतर्फ आज उमेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

आज यो समयभित्र सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ । यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ ।

आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ । असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ ।

असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि एकसाथ चुनाव हुँदै छ । मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

हेर्नुस् यस्तो छ उम्मेदवारी दर्ताको कार्यतालिका

कार्यतालिका कार्यतालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !