४ बैशाख २०८१, मंगलबार

ओलीले अछाममा भीम रावललाई दिएनन् टिकट, झपट बोहोरा बने उम्मेदवार


केपी शर्मा ओली र भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन् । यसअघि उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

सो क्षेत्रमा नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन् । अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए ।

बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । एमालेमा टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् । यद्यपि अछाम जिल्ला कमिटीले भने रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।

२०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार हुनबाट बञ्चित भएका छन् । उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए । २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !