१३ बैशाख २०८१, बिहिबार

राप्रपा र रवीन्द्र मिश्रको समूहबीच भोलि एकीकरण घोषणा हुँदै


राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रवीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच भोलि एकीकरण हुने भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक संजाल ट्वीटरमा लेख्दै राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच भोलि बुधबार दिउँसो १ बजे एकता घोषणा जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूह बीच हुने एकता घोषणा सभामा सहभागीताका लागि हार्दिक आमन्त्रण गर्दछु।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !