१२ बैशाख २०८१, बुधबार

सर्वोच्चले माग्यो सभामुख र उपसभामुख पद खाली नगर्नुको कारण


अग्निप्रसाद सापकोटा र पुष्पा भुसाल

काठमाडौँ । सर्वोच्च अदालतले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख र उपसभामुख पद खाली गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै संघीय संसद सचिवालयसहितका विपक्षीसंग सभामुख र उपसभामुख पद खाली नगर्नुको कारणबारे लिखित जवाफ माग गरेको हो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

बिहीबार दायर भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विपक्षी बनाइएको थियो ।

उक्त रिटमा प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !