२ कार्तिक २०८१, शुक्रबार

ओलीलाई प्रचण्डको प्रश्न : संसद विघटन प्रतिगमन नभएर के हो ?


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन प्रतिगमन नभएर के हो ? भनेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

आज शनिबार हालको प्रतिनिधिसभाको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा संविधानको मर्म र भावनाविपरीत संसद विघटन गर्नु प्रतिगमन भएको जिकिर गरेका हुन् । प्रचण्डले ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको बताएका हुन् ।

यसरी ओली र प्रचण्डबीच संसद विघटनलाई प्रतिगमन भन्ने कि नभन्ने भन्दै सवाल-जवाफ भएको हो । ओलीले आफूले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा प्रतिगमन भनिएको तर अहिले घोषणा गरिएको चुनावलाई आफूले प्रतिगमन नभनेको भनेर गठबन्धनप्रति व्यंग गरेका थिए ।

ओलीको उक्त कुराको जवाफ दिंदै प्रचण्डले आफूहरूले निर्वाचनलाई प्रतिगमन नभनेको भन्दै हठात् संसद् विवघटनलाई मात्र प्रतिगमन भनेको स्पष्ट पारेका हुन् । प्रचण्डले ओलीको प्रतिनिधिसभा विघटनको निर्णय प्रतिगामी भएको आरोप लगाएका हुन् ।

यस्तै ओलीले पार्टीको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा सार्वभौम अधिकार सम्पन्न सदन विघटन गर्ने निर्णय प्रतिगामी भएको बताएका थिए । प्रचण्डले संसदको यो कार्यकालमा सदन जसरी गतिशील ढंगले जानुपर्थ्यो त्यसरी जान नसकेको अघि बढ्न नसकेको उल्लेख गरे ।

गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा जुटेको दावी गरे । उनले वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र ‘ट्रयाक’मा ल्याएको कुरा जनताले बुझिसकेको भन्दै भ्रममा राख्न सकिन्छ कि भन्ने प्रयास छोड्न ओलीलाई सुझाव दिए ।

उनले नागरिकता विधेयक संसद्मा लैजाऔँ भन्दा हिजो तत्कालिन प्रधानमन्त्री ओली नमानेको भन्दै अहिले भ्रम छर्दैमा जनताले विश्वास नगर्ने बताए प्रचण्डले आफूहरुले नागरिकता विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनानुसार नै संसद्मा लैजाऔँ भन्दा त्यो समयमा संसद्ले जे गर्छ गर्छ भन्दा ओली नमानेको स्मरण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !