काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १२ दलका प्रतिनिधिहरुसँग आयोगका पदाधिकारीहरुको छलफल जारी रहेको छ । आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिसंग छलफल गरिरहेको हो ।
निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफल जारी रहेको हो । आयोगले यसअघि पनि दलका प्रतिनिधिलाई बोलाएर आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरेको थियो ।