१२ जेष्ठ २०८१, शनिबार

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्न लागेको हो ।

हिजो शनिबारको बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पनि बैठक बस्न लागेको हो । आजको बैठकमा सिट बाँडफाँटलालाई टुंगोमा पुर्याउने गरी निर्णायक छलफल हुने बताइएको छ ।

हिजोको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव पार्टीको कामले उपत्यकाबाहिर रहेकोले बैठकमा आउन ढिलो भएर उपस्थित हुन नसकेपछि औपचारिक रूपमा बैठक नबसी आज बिहान बैठक बस्ने भएको हो ।

आसन्न निर्वाचनमा गठबन्धनले तालमेल गरेर जाने निर्णय गरिसकेपनि सिट बाँडफाँटको भने अझसम्म टुंगो लाग्न सकेको छैन । गठबन्धनमा आगामी निर्वाचनमा कुन दलले कति सिट पाउने भन्ने विषयमा अझै पनि सकस देखिएको छ ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि नेताहरुले गठबन्धन नटुट्ने जिकिर गर्दै आएका छन् ।

गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको थियो । तर कार्यदलले लिखित प्रतिवेदन नै नबुझाएको पनि भनिएको छ । उक्त प्रतिवेदनमा सिट संख्या टुंगो नलागेकोले शीर्ष नेताहरूको बैठकले सिट संख्या टुंगो लगाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !