७ बैशाख २०८१, शुक्रबार

काँग्रेसको चुनावी घोषणा पत्र बनाउन देउवाले दिए विश्वप्रकाशलाई जिम्मेवारी


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चुनावी घोषणा पत्र तयार गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएका छन् ।

कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री शर्मा चयन भएका छन् । सभापति देउवाले महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी दिएका हुन् ।

सभापति देउवाले महामन्त्री शर्मालाई घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनित गरेसंगै अव कांग्रेसको चुनावी घोषणा पत्र शर्माको नेतृत्वमा तयार हुने भएको हो ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । गत वैशाखमा भएको स्थानीय चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र तयार भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !