११ बैशाख २०८१, मंगलबार

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो


राष्ट्रपति कार्यालय

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको हो ।

प्रतिनिधिसभाको हिजोको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको थियो । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराएका थिए ।

राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो । राष्ट्रियसभाको सन्देशको जानकारी प्राप्त भएसँगै सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर उक्त विधेयक पुन: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएका हुन् ।

संसदको दुवै सदनबाट पारित भई गत साउन १६ गते नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाइएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) बिधेयक, २०७९’ लाई राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित विधेयकलाई साउन २९ गते पुनः प्रतिनिधि सभामा नै पुनिर्विचारका लागि फिर्ता पठाएकी थिइन् ।

नेपालको संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था रहेको छ । यद्यपि पुनर्विचारका लागि फिर्ता भएको विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन पेश गरेपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नेपर्ने व्यवस्था रहेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि त्यसले ऐनको रूप लिने छ ।

यो पनि पढ्नुहोस्

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा, अव राष्ट्रपतिकहाँ पठाइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !