७ बैशाख २०८१, शुक्रबार

महाभियोग सिफारिस समितिको बैठक सुरु, जबराले बयान दिंदै


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज सुरु भएको छ । महाअभियोग सिफारिस समितिको सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयान दिंदै छन् ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरिएको छ ।

भदौ १६ गते बसेको बैठकमा जबराले संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका थिए । जबराले महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु नै सिफारिस समितिमा रहेको भन्दै प्रश्न उठाएका थिए ।

उनले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको भन्दै समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !