७ माघ २०८१, सोमबार

राष्ट्रपतिलाई भेट्न प्रचण्डसहित माओवादीका शीर्ष नेता पुगे शीतल निवास


प्रचण्ड र विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका शीर्ष नेताहरुसहित शीतल निवास पुगेका छन् । नागरिकता विधेयकका सम्वन्धमा छलफल गर्दा प्रचण्ड शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादीका नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् । अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु अहिले शीतल निवास पुगेर राष्ट्रपतिसँग परामर्श जारी राखेका छन् ।

शीतल निवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा राष्ट्रपतिसँगको परामर्शमा सहभागी छन् ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुसाग संबाद गरिरहेकी छन् । उनी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।

केही दिनअघि मात्र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा चासो राखेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !