८ बैशाख २०८१, शनिबार

चोलेन्द्रको जिकिर : कार्कीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्दा महाअभियोग ल्याइयो


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जबराले आफू पछाडिको व्यक्ति कार्कीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्दा महाअभियोग ल्याइएको दावी गरेका हुन् ।

यद्यपि उनले उक्त प्रस्ताव कसले ल्यायो भन्ने संकेत गरेपनि राजनीतिक पार्टी र मिडियाको दबाबमा आफूले काम नगर्ने स्पष्ट पारे । उनले कार्कीलाई प्रधानन्यायाधीश बनाउनको लागि नै आफूमाथि महाअभियोग लगाइएको बताए ।

जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको पनि दावी गरेका छन् । उनले आफू संसदको सम्मानका लागि बयानका लागि महाअभियोग सिफारिस समितिमा आएको पनि स्पष्ट पारेका छन् । उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !