८ बैशाख २०८१, शनिबार

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान सुरु


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुगेका छन्। उनीसँग समितिले वयान लिन सुरु गरेको छ ।

उक्त समितिको यही भदौ ८ गतेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा आज समितिमा आएका हुन् । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे ।

उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई उहाँमाथि लागेको आरोपबारे प्रश्न सोध्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !