६ जेष्ठ २०८१, आइतबार

त्रिविको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ


अग्नि सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

एमालेका सांसद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । सभामुख सापकोटाले तालाबन्दी लगायतका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा एमालेले विश्वविद्यालयको समस्या समाधान नगरे सदन चल्न नदिने चेतावनी दिएको थियो । एमाले सांसद ज्ञवालीले त्रिविमा भएको घटनाका विषयमा कुलपति, उपकुलपति र गृहमन्त्रीसमेत केही नबोलेको भन्दै आक्रोश पोखेपछि सभामुखले समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !