५ जेष्ठ २०८१, शनिबार

चुनावी तालमेलले राम्रो नतिजा दिने प्रचण्डको विश्वास


प्रचण्ड

रुपन्देही । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् ।

चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताए ।

गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उनको भनाइ छ । पार्टीको लुम्बिनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ रुपन्देही आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !