![केपी शर्मा ओली](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/08/KP-Sharma-Oli-in-Kendriya-Kamiti-Baithak.jpg?fit=1311%2C689&ssl=1)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिएका छन् ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले आसन्न निर्वाचनका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएका हुन् ।
ओली यस्तो किसिमको प्रवृतिले आम कार्यकर्तामा अराजकता र निराशा दुवै बढ्ने बताए । उनले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिएका छन् ।
उनले पहिलो पटक मतदान गर्न लागेका युवाहरुलाई विशेष ध्यान दिन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । पहिलो भोट देश बनाउने पार्टी एमालेलाई दिनु पर्दछ भनेर सबै जनतालाई सम्झाउन उनले आग्रह पनि गरे ।