२ मंसिर २०८१, आइतबार

प्रचण्डले हर्क साम्पाङसँग बिरुवा रोप्दै भने– उहाँको कामबाट प्रेरणा लिनुस्


प्रचण्ड र हर्क साम्पाङ

काठमाडौँ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको कामबाट प्रेरणा लिन सवैलाई आग्रह गरेका छन् ।

जेवि टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्डले धरान उपमहानगरका मेयर साम्पाङकाे कामको प्रशंसा गरेका हुन् । प्रचण्ड साम्पाङसँगै सर्दु जलाधार क्षेत्रमा भएको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् ।

प्रचण्डले सिंगै देशले मेयर साम्पाङकाे कामलाई गम्भीरतापूर्वक लिइरहेकाे बताउँदै कम्युनिस्ट र अझ खासगरी माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेकाे बताए । तर प्रचण्डले यसाे भनिरहँदा मेयर साम्पाङ खित्का छाेडेर हाँसेका थिए ।

वृक्षरोपण कार्यक्रममा धरानका मेयर साम्पाङ, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता रहेको थियो । धरानका लागि खानेपानीका मुहान संरक्षण गर्ने भन्दै मेयर साम्पाङको नेतृत्वमा धरानमा वृक्षरोपण अभियान जारी रहेको छ ।

धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । केही समयअघि काठमाडौं आएका समयमा उनले खुमलटार पुगेर प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । हर्कको निम्तो स्वीकार गर्दै प्रचण्डले आज वृक्षरोपण गरेका हुन् ।

प्रचण्डले हर्क साम्पाङसँग बिरुवा रोप्दै प्रचण्डले हर्क साम्पाङसँग बिरुवा रोप्दै प्रचण्डले हर्क साम्पाङसँग बिरुवा रोप्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !