१२ बैशाख २०८१, बुधबार

कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान आजदेखि सुरु


नेपाली कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान आजदेखि सुरु हुँदैछ । कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको हो ।

आज भदौ १० गतेदेखि सुरु भएर भदौं २४ गतेसम्म कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान संचालन हुने भएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित काँग्रेसको उक्त अभियान सुरु हुने भएको हो ।

यो अभियानका लागि काँग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !