१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री खाणलाई प्रधानसेनापति शर्माले किन अचानक भेटे ?


बालकृष्ण खाण र प्रभुराम शर्मा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले भेट गरेका छन् । सिंहदरवारस्थित गृह मन्त्रालय पुगेर प्रधानसेनापति शर्माले गृहमन्त्री खाणलाई भेटेका हुन् ।

गृह मन्त्रालयमा खाण र शर्माबीच भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको बताइएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !