५ जेष्ठ २०८१, शनिबार

मन्त्रिपरिषद्को बैठक जारी : सरुवा-बढुवा र नियुक्तिका निर्णयहरु हुने


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । आज बैठक बिहान १० बजेदेखि जारी बैठकमा सरकारी कर्मचारीको सरुवा र बढुवाको साथै नियुक्तिका निर्णयहरु हुने बुझिएको छ ।

सिंहदरबार मन्त्रिपरिषद्को बैठकमा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न निर्णयहरु गर्न लागिएको स्रोतले बताएको छ । बैठकमा मन्त्रालयगत विभिन्न एजेण्डामा छलफल गर्ने तयारी भएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनको सुरक्षा रणनीति, कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा, तथा नियुक्तिको निर्णयको कार्यसूचीमा रहेका छन् । साथै विभिन्न सहायता सम्वन्धि निर्णय समेत हुन सक्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !