७ बैशाख २०८१, शुक्रबार

माओवादीको स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने


माओवादी स्थायी समिति बैठक

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक अव आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको हिजो शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको थियो ।

हिजो बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउन असफल भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । आज बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

पार्टीको महासचिवका लागि धेरै नेता आकाङ्क्षी देखिएका कारण पटक-पटक पदाधिकारी चयन गर्ने भनिए पनि हुन सकेको थिएन । सम्भवतः आजको बैठकले पदाधिकारीको चयन गर्ने छ ।

यसअघि बसेको बैठकले नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !