६ बैशाख २०८१, बिहिबार

आज आयोगमा दल दर्ता गर्ने अन्तिम दिन, काँग्रेस र माओवादीले दर्ता गराउने


निर्वाचन आयोग

काठमाडौँ । आसन्न निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो ।

आयोगमा दल दर्ता गर्ने अन्तिम दिन भएकोले आज सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले दर्ता गराउने भएका छन् । आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गर्ने समयसीमा दिएको थियो ।

हालसम्म प्रतिपक्षी दल नेकपा एमालेसहित आयोगमा ६२ दल दर्ता भई सकेका छन् । प्रत्यक्षतर्फ र समानुपातिकतर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।

यो अवधिमा दल दर्ता नगर्नेले दलबाट निर्वाचनमा भाग लिन नपाउने भएकोले कांग्रेस र माओवादीले आज दल दर्ता गर्न भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !