८ बैशाख २०८१, शनिबार

तरुण दलद्वारा राष्ट्रपतिको राजीनामा माग, नभए महाअभियोग लगाउने


विद्वान गुरुङ

काठमाडौं । तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको छ । राजिनामा नदिए महाअभियोग लगाएर भएपनि राष्ट्रपतिलाई पदच्युत गर्न माग गरेको हो ।

तरुण दलले नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको भन्दै राजीनामा माग गरेको हो । राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसकेको आरोप तरुण दलले लगाएको छ ।

राष्ट्रपतिले हिजो आइतबार मात्र संसदका दुबै सदनले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन् । राष्ट्रपति भण्डारीले विधेयक फिर्ता गरेपछि उनको समर्थन र विरोधका स्वरहरू बुलन्द रुपमा सुनिन थालेका छन् ।

यस्तो छ हेर्नुहोस् तरुण दलले निकालेको प्रेस विज्ञप्ति

तरुण दलले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !