११ बैशाख २०८१, मंगलबार

सत्ता गठबन्धनको निर्णय : काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने


सत्ता गठबन्धनको बैठक

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकलेउपत्यकाको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

आज मात्र पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रतिनिधिसभा बैठकको शून्य समयमा बैठकमा बोल्दै सांसद भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएकाले काठमाडौँका मेयर बालेन साहलाई एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका ती ।

भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरेका थिए । उनले काठमाडौंमा फोहोर नउठाइएको ७१ दिनमा फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरी बेखबर रहेको आरोप लगाएका थिए ।

उनले काठमाडौंमा फोहोर नउठाइँदा हैजा र झाडापखालाको महामारी साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा रहेको बताएका थिए। फोहोर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौं महानगरका मेयर बालेनलाई आग्रह पनि गरेपछि गठबन्धनले यस्तो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !