१२ श्रावण २०८१, शनिबार

बाबुरामलाई बिहान भेटेका प्रचण्डको बामदेवसंग पनि छलफल


प्रचण्ड र वामदेव गौतम फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य नेताहरुसंगको भेटवार्तालाई तीव्रता दिएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई आज बिहान भेटेका अध्यक्ष प्रचण्डले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमसंग पनि छलफल गरेका छन् ।

ललितपुरको हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको एक अपार्टमेन्टमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुसँग बामदेवको भेटवार्ता भएको हो ।

बामदेव माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानका वीचमा कम्तीमा चुनाव अगाडि नै एकता संयोजन समिति गठन गरेर एउटै चुनाव चिन्ह लिएर आसन्न निर्वाचनमा जानुपर्ने पक्षमा लगेर दौडधुपलाई तीव्रता दिइरहेका छन् ।

भेटवार्तामा बामदेवलाई पनि चुनावमा माओवादीकै चिन्ह्रमा निर्वाचन लडन् माओवादी नेताहरुले आग्रह गरेका छन् । अहिले राष्ट्रिय सभा सदस्य रहेका बामदेव राजीनामा दिएर प्रतिनिधिसभामै चुनाव लड्न खोजिरहेका छन् ।

गौतमको सो चाहना बुझेरै प्रचण्डले बामदेवलाई पनि आफ्नै पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न आग्रह्र गरेका हुन् । गौतमसँगको यो छलफलपछि माओवादीले पार्टी स्थायी समिति बैठक बोलाएर सो वारेमा औपचारिक निर्णय लिएर पार्टी निर्वाचन आयोगमा दल दर्ताको तयारीमा माओवादी रहेको छ ।

आसन्न निर्वाचनपछि समाजवादी केन्द्र बनाउने सहमतिनजिक प्रचण्ड र बाबुराम भट्टराई पुगेका छन् । दुई पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र भट्टराई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक माओवादी केन्द्रका एक नेताले बताए ।

यस्तै डा. भट्टराई माओवादी पार्टीकै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । भट्टराईले प्रचण्ड सँगको लामो छलफलपछि माओवादी केन्द्रकै गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका हुन् ।

उक्त विषयमा पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लगाउने तयारीमा माओवादी रहेको छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको थियो । दल दर्ताका लागि आयोगले मंगलबारसम्मको समय दिएकोले सो समयसीमा भित्र दल दर्ता गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड र बाबुराम सहमतिनजिक : भट्टराई माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने

निर्वाचनपछि समाजवादी केन्द्र बनाउने सहमतिनजिक पुगे प्रचण्ड र भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !