८ जेष्ठ २०८१, मंगलबार

निर्वाचनपछि समाजवादी केन्द्र बनाउने सहमतिनजिक पुगे प्रचण्ड र भट्टराई


प्रचण्ड र भट्टराई फाइल फोटो

काठमाडौँ । आसन्न निर्वाचनपछि समाजवादी केन्द्र बनाउने सहमतिनजिक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पुगेका छन् ।

दुई पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र भट्टराई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक माओवादी केन्द्रका एक नेताले बताए ।

यस्तै डा. भट्टराई माओवादी पार्टीकै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् । भट्टराईले प्रचण्ड सँगको लामो छलफलपछि माओवादी केन्द्रकै गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका हुन् ।

उक्त विषयलाई दुवै पार्टीले आ-आफनो पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लगाउने तयारी भएको छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आज आइतबार बिहान प्रचण्ड र बाबुरामका वीचमा भेटवार्ता भएको हो । उक्त विषयलाई दुई पार्टीका आ-आफना कमिटिमा छलफल गरेर औपचारिक निर्णय लिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड र बाबुराम सहमतिनजिक : भट्टराई माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !