८ बैशाख २०८१, शनिबार

प्रचण्ड र बाबुराम सहमतिनजिक : भट्टराई माओवादीको चुनाव चिह्नमा चुनाव लड्ने


पुष्पकमल दाहाल फाइल फोटो

काठमाडौं । अन्तत: पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माओवादी पार्टीकै चुनाव चिह्नमा चुनाव लड्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको लामो छलफलपछि माओवादी केन्द्रकै गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लड्न सहमत भएका हुन् ।

उक्त विषयलाई दुवै पार्टीले आ-आफनो पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लगाउने तयारी भएको माओवादी केन्द्रका एक नेताले बताए । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ ।

प्रचण्ड र भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका हुन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आज आइतबार बिहान प्रचण्ड र बाबुरामका वीचमा भेटवार्ता भएको हो । उक्त विषयलाई दुई पार्टीका आ-आफ्ना कमिटिमा छलफल गरेर औपचारिक निर्णय लिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !