८ बैशाख २०८१, शनिबार

सबै सम्पत्ति राष्ट्रका नाममा दिएको छु, बिरामी पर्दा उपचार गर्ने खर्च छैन : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पत्ति देशका नाममा दिएको बताएका छन् ।

राष्ट्रिय युवा सम्मेलनमा आज विहान बोल्दै अध्यक्ष ओलीले देशलाई दिएको सम्पत्ति बेच्न वा धितो राख्न नपाइने हुनाले आफूसँग अहिले केही नभएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले बिरामी पर्दा उपचार खर्च समेत नभएको बताएका छन् । साँसद भएको कारण त्यहीबाट आउने भत्ताले औषधी उपचार गरिरहेको तर ठूलो उपचार गर्न पैसा समेत नभएको बताएका हुन् ।

उनले आफ्नो र श्रीमतीका नामको सबै सम्पत्ति राज्यलाई दिएकोले आफूसँग अन्य आम्दानीको स्रोत नभएको प्रष्ट पारेका हुन् । उनले बाँचुन्जेलसम्म मात्र बालकोटस्थित घरमा बस्ने र आफ्नो जिवनपछि सबै सम्पत्ति सरकारको हुने स्पष्ट पारे ।

उनले आफू देश र जनताप्रति समर्पित रहेकाले कुनै लोभ नरहेको बताए । उनले आफू काम गरेर नथाक्ने तर सँगै काम गर्ने युवाहरु थाक्ने गरेको समेत दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !