७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र बामदेवबीच खुमलटारमा भेटवार्ता


प्रचण्ड र बामदेव

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमवीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड र बामदेवबीच आज खुमलटारमा भेटवार्ता भएको हो । प्रचण्डलाई भेटन बामदेव बिहिबार विहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

बामदेव माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानका वीचमा कम्तीमा चुनाव अगाडि नै एकता संयोजन समिति गठन गरेर एउटै चुनाव चिन्ह लिएर आसन्न निर्वाचनमा जानुपर्ने पक्षमा लगेर दौडधुपलाई तीव्रता दिइरहेका छन् ।

आफ्नो उक्त पहललाई सार्थक रुपमा रुपान्तरण गर्न बामदेवले प्रचण्डको निर्णायक साथको अपेक्षा गरेका छन् । जापान जानु तीन दिन अघि मात्रै पनि प्रचण्डले बामदेवको पार्टीको केन्द्रीय समिति बैठकलाई टेलिफोनमै सम्बोधन समेत गरेकोले उनी पनि सकारात्मक रहेको आभास भएको छ ।

प्रचण्ड बुधबार जापानबाट फर्केपछि आज विहानै प्रचण्ड निवास पुगेर एकता संयोजन समिति निर्माणमा केन्द्रित रहेर छलफल गरेका हुन् । गौतमले माधव नेपाल सहितको बैठक कहिले राख्ने र कहिले एकता संयोजन समिति घोषणा गर्ने ? भन्दै प्रचण्डसँग जिज्ञासा राखेकोमा प्रचण्डले उक्त विषयमा माधव नेपालसँग पनि सल्लाह गरेर थप छलफल गरौंला भन्ने जवाफ गौतमलाई दिएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !