७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो


अग्नि सापकोटा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको हो ।

आज आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको हो । प्रधानन्यायाधीश जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।

२०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधान बमोजिम प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो । संसदमा महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको सर्वत्र आलोचना भइरहेको थियो । अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गर्नेछ । समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !