१२ बैशाख २०८१, बुधबार

सरकार भन्छ– केपी ओलीको फोन ट्यापिङ र गुप्तचरी गरिएको छैन


केपी शर्मा ओली र ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फोन ट्यापिङ र गुप्तचरी नगरिएको स्पष्ट पारेको छ ।

आज शुक्रबार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीको फोन ट्यापिङ र गुप्तचरी नगरिएको जिकिर गरेका हुन् ।

ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । कार्कीले ओलीको दाबी खण्डन गर्दै गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भन्दा खण्डन गरेका हुन् ।

मन्त्री कार्कीले गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भन्ने हल्लामा सत्यता नरहेको भन्दै यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध समेत गरेका छन् । उनले सरकार व्यक्तिको स्वतन्त्र र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा संवर्द्धन गर्न प्रतिबद्ध रहेको समेत बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !