१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनको निर्णय : निर्वाचनमा तालमेल गर्ने, सिट बाँडफाँट गर्न कार्यदल बन्यो


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलहरुले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । आज शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसको साथै गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्दा सिट बाँडफाँट गर्न कार्यदल बनाउने पनि निर्णय गरेको छ । आगामी चुनावमा गठबन्धन एक भएर जाने निर्णय भएसंगै चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको हो ।

बैठकमा आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । बालुवाटार स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदल समेत बनेको छ ।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !