काठमाडौं । अर्थसचिव मधु मरासिनी प्रधानमन्त्रीको कार्यालयमा तानिएका छन् । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माका कारण उनी बिदामा बसेका थिए । उनी बिदामा बसेपछि मन्त्री शर्माले मन्त्री पदबाट राजीनामा दिएका थिए । जनार्दन शर्मा पुन: अर्थमन्त्री भएर आएपछि मरासिनी मन्त्रालयमा आएका थिएनन् ।
मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजिर नभई घर विदामा बसेका थिए । अर्थसचिव मरासिनीले आफैंले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो ।